+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

निजी क्षेत्रलाई राहत कार्यक्रम घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १८:२४

३ चैत, बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले विश्वव्यापी महामारीको रुपमा आएको नोवेल कोरोना भाइरस (कोभिड-१९)को कारण उद्योग व्यबसायमा समेत गम्भीर असर पुर्‍याउन थालेको भन्दै बैंक व्याज मिनाहा गर्न सरकारसँग माग गरेको छ ।

संघको सोमबार बसेको कार्यसमितिको बैठकलले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने आंकलन गर्दै सम्भावित जोखिमसँग जुध्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा सहयोग गर्नका लागि आफ्ना सबै संरचनालाई प्रभावकारी रुपमा परिचालन गर्न माग गरेको छ ।

संघले कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभाव पर्यटन व्यबसायमा परेकाले बाह्य देशहरुले सहुलियत प्याकेज घोषणा गरेको स्मरण गराउँदै उद्योग व्यबसायको संरक्षणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उद्योगी व्यबसायीलाई राहत हुनेगरी आकर्षक प्याकेज ल्याउन समेत माग गरेको छ ।

संघका अध्यक्ष खिमबहादुर हमालद्वारा जारी बिज्ञप्तीमा प्रदेश तथा स्थानीय सरकारले लिने कर (बहाल कर, व्यबसाय कर, व्यबसाय दर्ता तथा नविकरण शुल्क) मा बिशेष सहुलियत घोषणा गरी निजी व्यवसायिक क्षेत्रलाई राहत प्रदान गर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र सुरक्षित उपायहरु अपनाउनका लागि आम सर्वसाधारणलाई सचेत रहन आग्रहसमेत गरिएको छ ।

‘बुटवल उद्योग वाणिज्य संघका सबै सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानहरुलाई अत्यावश्यक सामग्रीहरुको पारदर्शी र निश्पक्ष रुपमा बिक्री वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रुपमा अत्यावश्यक सामग्रीहरुको भण्डार नगर्नसमेत अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?