+
+

कोरोना कोषमा उद्योग वाणिज्य महासंघ प्रदेश ५ को साढे २ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १६:३०

१२ चैत, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रदेश ५ सरकारले स्थापना गरेको १० करोडको कोरोना भाइरस नियन्त्र कोषमा उक्त रकम सहयोग गर्ने निर्णय महासंघ प्रदेश ५ समितिले गरेको हो ।

कोभिड–१९ का कारण देश विषम परिस्थितिमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउनका लागि तीनै तहका सरकारबाट विभिन्न प्रयासहरु भइरहेको सन्दर्भमा उद्योगी व्यवसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश  कार्यसमिति सदस्य उज्वल कसजुले बताए ।

समितिका अध्यक्ष गुणनिधि तिवारीले बुधबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर राहत कोषमा उक्त रकम सहयोग गर्ने जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?