+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १४:५०

१४ चैत, वीरगञ्ज । प्रतिनिधि सभाका सांसद प्रदीप यादवले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बिमा गर्न माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले कोरोना भाइरस विरुद्ध दिनरात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई सुरक्षित रहेको महसुस गर्ने वातावरण मिलाउन समेत सरकारसँग माग गरेका छन् । सबै स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसारको सुरक्षित पहिरन उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

यादवले विज्ञप्ती मार्फत् महामारीले गर्दा विश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि देशभरमा खटिँदै आएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको सवालमा संघीय सरकार, प्रदेश नं २ सरकार, स्थानीय सरकार र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी, उनले सरकारलाई शहरका ठूला अस्पतालदेखि गाउँघरका स्वास्थ्य संस्थासम्ममा मास्क, सेनिटाइजर र सुरक्षित पोशाकहरु उपलब्ध गराउन आग्रह गरेका छन् ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका संसाद यादवले यो महामारीमा कार्यक्षेत्रमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि अप्रिय व्यवहार गर्ने व्यक्तिलाई दण्डित गर्न समेत उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?