
चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका वर्षा सिवाकोटीको आज जन्मदिन हो । उनी, आजबाट २६ बर्ष पुरा भएर २७ बर्षमा प्रवेश गरेकी छिन् ।
नायिका सिवाकोटीले आज जन्मदिनको कुनै त्यस्तो कार्यक्रम नभएको बताइन् । लकडाउनका कारण सबै नेपाली घरमै रहेकाले पनि वर्षाले जन्मदिनमा कुनै योजना बनाउन नपाएकी हुन् ।
यसअघि उनले जन्मदिनमा पशुपति मन्दिरमा पुजा गर्नुको साथै साथीभाई र मिडियाकर्मीसँगै केक काटेर मनाउने गरेकी थिइन् ।
चलचित्र क्षेत्रमा प्रवेश गरेको केही बर्ष भएपनि बल्ल वर्षाको करिअर सुखद देखिन थालेको छ । उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या बढेको छ भने उनको हातमा कामको अभाव छैन् ।
उनी हाल ‘चालबाज, परदेशी २, सुदुर, गोर्खा वारियर’ लगायतका चलचित्रमा आवद्ध छिन् । वर्षाले अभिनय गरेको चलचित्र ‘वीर विक्रम २’ यो बर्ष रिलिज भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4