+
+

प्रशासनअगाडिकै पसल चोरी, बावुछोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते ११:५५

२७ चैत्र, कैलाली । जिल्ला प्रशासन कार्यालय, कैलालीअगाडिकै सुन पसलमा चोरी भएको छ।

बुधबार राति प्रशासनअगाडि रहेको प्रिया सुन चाँदी पसलमा चोरी भएको हो ।

पसल सञ्चालक बिनोद कुमार बर्माले १० लाख बढीको धनमाल चोरी भएको बताए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १ का ४५ वर्षीय पप्पु गुप्ता र उनका २० वर्षीय छोरा पवन गुप्ता छन् ।

गुप्ताले आफ्नै घरमा लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका बाबू छोरा फलफूल र तरकारी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पप्पु यसअघि लागूऔषध तथा सार्वजनिक अपराधमा मुद्दामा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?