Comments Add Comment

स्पेनका प्रधानमन्त्रीले भने – महामारीको आगो नियन्त्रणमा आउन थाल्यो

२७ चैत, काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा अब कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने बताएका छन् । बीबीसीका अनुसार उनले स्पेनमा महामारीको सबैभन्दा खराब अवस्था सकिइसकेको बताएका हुन् ।

बिहीबार उनले महामारीको आगो नियन्त्रणमा आउन शुरु भएको उल्लेख गरेका हुन् । उनले स्पेनले यो महामारीविरुद्ध पूर्ण जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

अहिले स्पेन यूरोपमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको मुलुक हो । स्पेनमा एक लाख ५२ हजारभन्दा धेरैमा कोभिड १९ पुष्टि भएको छ । बिहीबारको तथ्यांकअनुसार स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १५ हजार दुई सय ३८ पुगेको छ ।

बिहीबार सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा स्पेनमा छ सय ८३ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार भने त्यसअघिको २४ घण्टामा सात सय ५७ जना मानिसको मृत्यु भएको थियो ।

अहिले स्पेनमा लकडाउन २६ अप्रिलसम्म बढाउने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्री सान्चेजले स्पेनमा लगाइएको लकडाउनले संक्रमितको संख्यामा उल्लेख्य कमी आएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment