+
+

दीर्घरोगीलाई गाउँपालिकाको औषधि

रासस रासस
२०७७ वैशाख ३ गते १९:४८

३ वैशाख, भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाले विभिन्न दीर्घरोगकाकारण नियमित औषधि सेवन गरिरहेकालाई औषधि वितरण गरेको छ ।

लकडाउनका कारण औषधि ल्याउनका लागि समस्यामा परेका करिब ८० बिरामीलाई सशुल्क औषधि वितरण गरिएको हो ।

नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई समस्या हुने भएपछि केही दिनअघि गाउँपालिकाले त्यस्ता बिरामीले प्रयोग गरिरहेको औषधिको विवरण संकलन गरेर औषधि ल्याएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक मातृकाप्रसाद आचार्यलाई गाउँपालिकाले ‘भ्रमण अनुमति’ उपलब्ध गराई औषधि खरिद गर्ने जिम्मेवारी दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?