+
+

विद्यालयभित्र डोजर चालक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते १०:३८

२० वैशाख, कैलाली । धनगढीमा एक जना डोजर चालकको शव फेला परेको छ । दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्ष बस्नेतले बताए ।

‘बिहान हामीलाई खबर आएको हो,’ उनले भने, ‘उनी सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।’

विद्यालयमै भइरहेको निर्माण कार्यमा उनले डोजर चलाउँदै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?