+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हेपी इक्युपमेन्ट व्यवसायीको गुनासो- हामीलाई पनि काम गर्न देऊ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १६:३२

२८ वैशाख काठमाडौं । हेभी इक्युपमेन्ट व्यवसायीहरुले आफूहरुलाई पनि काम गर्न दिन आग्रह गरेका छन् । निर्माणका कामहरु सरकारले सुरु गर्ने निर्णय गरे पनि ठेकेदार कम्पनीको मात्रै काम सुरु भएको उनीहरुले बताएका छन् ।

उपभोक्ता समितिहरुमार्फत हुने विकास निर्माणका काम तथा व्यक्तिगत कामहरु समेत गर्न नपाएको कारण समस्यामा परेको व्यवसायीहरुले बताएका छन् । हेभी इक्युपमेन्ट व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठले करोडौं लगानी रहेको व्यवसायलाई हेर्ने नजर नै ठीक नभएको बताए ।

केहिवर्ष अघिसम्म पहिरो जस्ता प्राकृतिक विपत पर्दा हेभी इक्युपमेन्ट व्यवसायीहरुले नै डोजर लगेर सहयोग गर्ने गरेको भन्दै उनले सरकारले यो व्यवसाय बचाउन राज्यले ध्यान दिनुपर्ने बताए ।

‘एउटा मेसिनको मात्रै करोड रुपैयाँ पर्छ, हामीले ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेका छौं,’उनले भने, ‘यतिबेला हामी समस्यामा छौं, सरकारले कम्तिमा ब्याज छुट र किस्ता तिर्ने समय अर्को आर्थिक वर्षसम्म पर सार्नुपर्छ ।’

महासंघका केन्द्रीय सदस्य ओम न्यौपानले थपे,’कुनै व्यक्तिको जग्गा सम्याउन पर्यो भने हामी जाने हो, उपभोक्ता समितिबाट काम हुँदा हामीले गर्ने हो तर अहिले ठेकेदारले आफ्नो साइटको मात्रै काम गर्न पाएका छन् ।’

ठेकेदार कम्पनीहरुको डोजरहरु ठेक्का पाएको क्षेत्र बताएकै भरमा काम गर्न पाएको तर, आफूहरुले काम नै गर्न नपाएको न्यौपानेले बताए ।   उनले कुनै व्यक्ति वा उपभोक्ता समितिले काम दिदा आफूहरुले निर्वाध रुपमा काम गर्न पाउने गरी सरकारले निर्णय गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?