Comments Add Comment

भारतमा एकैदिन ४ हजार बढी कोरोना संक्रमित थपिए

२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ६ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २२ हजार एक सय ७१ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म आठ सय ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

गुजरातमा अहिलेसम्म आठ हजार एक सय ९४ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ९३ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम तीन हजार ६ सय १४ जना संक्रमित हुँदा दुई सय १५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म एक हजार नौ सय ३९ जना संक्रमित भइसकेका छन् भने एक सय ८५ जना मानिसको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार चार सय ६७ जना संक्रमित भेटिँदा ७४ जनाको मृत्यु भएको छ ।

बिहारमा अहिलेसम्म ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा २० हजार नौ सय १७ संक्रमित निको भएर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment