Comments Add Comment

पर्साका निजी अस्पताललाई उपचारमा लापरवाही नगर्न निर्देशन

२२ साउन, वीरगञ्ज । पर्सामा नीजी अस्पतालले विरामीको उपचारमा लापरवाही गरेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले विरामीको स्वास्थ्यमा खेलवाड गरे कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले निजी अस्पतालहरुलाई उपचारका लागि आएका विरामीहरुलाई जाँच गरेर मात्रै पठाउन निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बिहीबार बिहान विज्ञप्ती जारी गर्दै अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

निर्देशनमा लेखिएको छ, ‘यस जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि आएका विरामीहरुलाई अस्पतालहरुले चेकजाँच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेको भनी गुनासो आउने गरेको सम्बन्धमा छलफल गरियो । अब उप्रान्त जिल्लाका सबै अस्पतालहरुलाई आफ्नो–आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी आफूकहाँ आएका विरामीहरुको चेकजाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने ।’

सरकारी अस्पताल नारायणी अस्पतालबाहेक वीरगञ्जमा एक दर्जनको हाराहारीमा निजी अस्पताल छन् । तर वीरगञ्जका अस्पतालको गोलचक्कर लगाउँदा समेत कोभिड–१९ को आशंकामा उचित उपचार सेवा नपाउँदा विरामीको मृत्यु भइरहेका घटना सार्वजनिक भएका छन् ।

यो पनि पढ्नुहोस अस्पतालको गोलचक्कर : यस्तो मृत्यु कसैको नहोस् ! यो पनि पढ्नुहोस वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै दमको रोगीको मृत्यु यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment