+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तीजमा माइत नजान वडा कार्यालयको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १३:५८
भीमसेन थापा गाउँपालिका- ७ पिपलटारमा बनाइएको क्वारेन्टिनस्थल । तस्वीर : सुवास श्रेष्ठ

१ भदौ, काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ ले बाबुको मुख हेर्न र तीजमा माइत नजान वडाबासीलाई अनुरोध गरेको छ । भदौ ३ गते बाबुको मुख हेर्ने दिन र भदौ ५ गते हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीज पर्छ ।

बाबुको मुख हेर्ने दिन र तीजमा कोही पनि पाहुना हुन जाने र जमघट गर्ने काम नगर्न वडाध्यक्ष नारायण श्रेष्ठले आग्रह गरेका छन् ।

उनले सोमबार सूचना प्रकाशित गरेर कोरोना महामारीको जोखिमको बेलामा जमघट गरेर जोखिम बढाउन नहुने बताए । यो वडामा हालसम्म १ जनामा पनि कोरोना संक्रमण देखिएको छैन ।

छिमेकी वडाको क्वारेन्टिनमा बसेका र स्थानीय व्यक्तिमा समेत कोरोना संक्रमण देखिए पनि वडाबासीको सचेतनाका कारण अहिलेसम्म कोरोना संक्रमण नदेखिएकाले यसलाई अझै निरन्तरता दिनुपर्ने स्थानीय जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले बताए ।

गाउँबाहिरबाट आएकाहरुलाई राख्न वडा नं ७ बोर्लाङका टोलहरुमा गाउँलेले नै क्वारेन्टिनस्थल बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?