+
+

चितवनमा थप १२ जनामा कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते ८:१८

८ भदौ, चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । महानगरपालिकाका वडा नं., ७, ९, १०, ११ र १२ मा संक्रमितहरु फेला परेका हुन् ।

यो विवरण आइतबार राति १० बजेसम्मको रहेको प्रयोगशालाले जनाएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?