+
+

लौरो टेकेर बाढी प्रभावित क्षेत्र पुगे सुदूरपश्चिमका अर्थमन्त्री

रामहरि ओझा रामहरि ओझा
२०७७ भदौ ९ गते १७:२१

९ भदौ, डोटी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा अहिले सामाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन् । लौरो टेक्दै बाढी प्रभावित बस्ती डुलेका तस्वीरहरु राखेर बोहरालाई धन्यवाद दिनेहरुको कमी छैन ।

भदौ २ गते रातिको अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारका २२ घर बगायो, १७ जना मानिस वेपत्ता भए ।

बेपत्तामध्ये अझै नौ जना फेला परेका छैनन् । बाढी पहिरोले पुर्‍याएको क्षतिको अनुगमन गर्न आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा शनिबार अछाम पुगे ।

मन्त्री बोहरा शनिबारदेखिनै बाढी पीडित क्षेत्रको अवलोकन गर्दै र बाढी पीडितहरुलाई सान्त्वना दिँदैछन् । प्रदेश राजधानी धनगढीबाटै राहत बोकेर अछाम पुगेका मन्त्री बोहराले प्रभावित क्षेत्रका नागरिकका लागि व्यक्तिगत सहयोग स्वरुप तीन लाख ६२ हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री रामारोशन गाउँपालिकालाई हस्तान्तरण गरिसकेका छन् ।

सोमबार मन्त्री बोहराले बाढी पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारसंग भेटघाट गरी सवमेदना दिएका छन् । उनले बाढीपीडितहरुका लागि प्रदेश सरकारले गरेको निर्णय समेत सुनाए । बाढीले क्षति पुर्‍याएका घर, बाटोघाटो, कुलो, नहर, विद्युत गृह, सडक पुल एक एक गरी निरीक्षण गर्दै मन्त्री बोहरा मंगलबार रामारोशन गाउँपालिका–५ को जात्तोला पुगेका छन् ।

खुट्टामा चप्पल, हाप पाइण्ट र मुखमा मास्क लाएका मन्त्री बोहरा लौरो टेकेर हिँड्दैछन् । मन्त्री बोहरा अझै दुई/तीन दिन बाढी प्रभावित क्षेत्रमै रहने उनका स्वकीय सचिव आदर्श साउदले जानकारी दिएका छन् ।

‘मुजावगरदेखि रामारोशन गाउँपालिकाको केन्द्रसम्म गोरेटो बाटो तत्काल सञ्चालन गर्नका लागि मन्त्री यूले गाउँपालिकालाई पत्राचार गरिसक्नु भएको छ’ साउदले भने ‘तत्काल गोरेटो बाटो भएपनि तयार गर्नुपर्ने अवस्था रहेकाले मन्त्री ज्यू पनि दुई/तीन दिन यतै बस्नुहुन्छ ।’

बाढीले पैदल हिँड्ने बाटो समेत बगाएपछि आउजाउ गर्न समते समस्या भएको छ । ‘हिड्ने बाटो समेत छैन, दुःख बिराममा पनि कसरी आउजाउ गर्ने ?’ मन्त्री बोहरालाई उदृत गर्दै साउदले भने ‘वाटो त जसरी पनि तयार गराउनु प¥यो, वजेटका लागि मन्त्रालयले व्यवस्था गर्छ ।’ बाढी प्रभावित क्षेत्र मन्त्री बोहराको निर्वाचन क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?