+
+

वीरगञ्जमा ६० वर्षीय संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते ७:३३

२३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।
ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?