+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोरोनाको खोप आएपनि स्वास्थ्य सतर्कताका उपायहरु हटाउन सकिँदैन : फाउची

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १३:४४

९ असोज, काठमाडौं । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस संक्रमण (कोभिड–१९) विरुद्धको खोप आएपनि मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र हात धुनेजस्ता स्वास्थ्य सतर्कताका उपायको आवश्यकता भने कायम रहने बताएका छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशकसमेत रहेका फाउचीले खोप शतप्रतिशत प्रभावकारी पनि नहुने र सबै मानिसले यो खोप पनि लगाउन नसक्ने भएकाले कोरोना संक्रमण फैलिन अझै पनि पर्याप्त ठाउँ बाँकी रहने बताएका छन् ।

फाउचीले व्यावहारिक भएर सोच्दा कुनै पनि खोप ७५ देखि ८० प्रतिशत प्रभावकारी हुनु ठूलो उपलब्धि हुने बताएका छन् । बिहीबार न्यु जर्सीका गभर्नरसँग फेसबुकमा लाइभ वार्ता गरिरहेका उनले भने, ‘यसले भाइरसको संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कताका उपायहरुलाई हटाउन सक्दैन ।’ फाउचीले धेरै मात्रामा भाइरस हावाबाट नसर्ने भए पनि केही हदसम्म भने यसको संक्रमण हावाबाट पनि हुने भएकाले खोप आएपछि पनि मास्कको अनिवार्यता भने कायम रहने उल्लेख गरे ।

विश्वभर कोरोनाविरुद्धको खोप आएपछि अवस्था पुरानै अवस्थामा फर्किने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा फाउचीले भने खोपपछि पनि आवश्यक सतर्कता भने जारी राख्नुपर्ने बताएका हुन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?