+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १९:५३

१४ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडमा भारतबाट नेपालमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने भएको छ।

बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीका लागि भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत अतिरिक्त शुल्क नतिरेरै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो।

चाडपर्वको समयलाई लक्षित गरेर असोज १२ गतेदेखि सरु गरिएको यो व्यवस्था दुई महिनाका लागि मान्य हुनेछ। यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लिमिटेडका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?