+
+

नेपाली सोसाइटी अफ नर्दन ताज्मानियाको नयाँ नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते १३:३०

ताज्मानिया । अस्ट्रेलियाको नर्दन तास्मानियामा बसोबास गर्ने नेपालीहरुले नवराज मुडवरीको नेतृत्वमा नयाँ कमिटी गठन गरेका छन् ।

नेपाली सोसाइटी अफ नर्दन ताज्मानियाको आइतबार बसेको वार्षिक साधारणसभाले मुडवरीको नेतृत्वमा १५ सदस्यीय कमिटी चयन गरेको हो ।

डा. सुशाष कोइरालाको उध्यक्षतामा सम्पन्न उक्त सभाले उपाध्यक्षमा हृदय दाहाल, सचिवमा प्रेम भट्टराई, संयुक्त सचितवमा आकाश पौडेल, ट्रेजररमा सुशिला देवकोटालाई चयन गरेको छ ।

त्यसैगरी उक्त कमिटिमा मित्र गुरुंग, शेखर केसी, तुल्सी दवाडी, सुदीक्षा काफ्ले तिवारी, दिनेश राज पन्त, प्रशान्त खनाल, प्रदीप अधिकारी र अनिल ढकाल सदस्यहरुका रुपमा चयन भएका छन् ।

नयाँ कमिटीले नर्दन ताज्मानियामा बसोबास गर्ने नेपालीहरुमा अपनत्वको भावना विकास गर्दै हरेक नेपालीले विपतको अवस्थामा एक अर्कालाई सहयोग र सद्भाव गर्ने वातावरण बनाउन भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष मुडवरीले अनलाईनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?