+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘छ माया छपक्कै’को सिक्वेल बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १४:२३

निर्माता रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल बनाउने तयारी गरेका छन् । गतबर्षको ब्लकबस्टर चलचित्रको सिक्वेल बनाउने योजना अनुसार काम अगाडि बढेको रोहितले बताएका छन् । रोहितका अनुसार, यो चलचित्रको कथा दिपेन्द्र लामाले लेखिरहेका छन् । दिपेन्द्रले नै चलचित्रको निर्देशन गर्नेछन् ।

चलचित्रको काम अगाडि बढेपनि तत्काल छायांकन सुरु हुने छैन । यसअघि निर्माता रोहित अधिकारी निर्देशक दिनेश राउतलाई लिएर एउटा चलचित्र बनाउने तयारीमा छन् । चलचित्रका लागि उनले नायक अनमोल केसीसँग मौखिक कुरा समेत गरिसकेका छन् ।

यस्तै, चलचित्र ‘छ माया छपक्कै’का मुख्य कलाकार दिपकराज गिरी र उनको टिमले चलचित्र ‘छक्का पन्जा ४’ बनाउने तयारी पनि गरेको छ । रोहितले दिनेशसँग बनाउने चलचित्र र ‘छक्का पन्जा ४’को काम सकिएपछि मात्र ‘छ माया छपक्कै’को काम अगाडि बढ्नेछ ।

चलचित्रमा कलाकार दिपकराज गिरीको मुख्य भूमिका रहनेछ । ‘छ माया छपक्कै’को टिममा केही परिवर्तन गरेर यसको सिक्वेल बनाउने तयारी गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?