Comments Add Comment

दमनराज तुलाधरको प्रतिबन्धित आत्मकथा बजारमा

२३ कात्तिक, काठमाडौं । दमनराज तुलाधरको चर्चित आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक भएको छ । ‘नेपाली माटो चिनेको नमुना आत्मकथा’को उपमा पाएको यो आत्मवृत्तान्त इमानदार बयानको अनुपम उदाहरणको रुपमा लिइन्छ ।

२०३९ सालमा प्रकाशित यो पुस्तक प्रतिबन्ध लगाइएपछि दुर्लभ हुन पुगेको थियो । १९९७ सालको प्रजापरिषद् काण्डदेखि सात सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्ष, प्रजातन्त्र स्थापनापछि नेपाली राज्यको सत्ता–अभ्यास र पञ्चायतकालमा नेपाली परराष्ट्र नीतिनिर्माण एवं कार्यान्वयनका भित्री कथा यस पुस्तकमा रहेका छन् ।

‘एउटा दृढ–संकल्पित राजनीतिक कार्यकर्ता, निजामति प्रशासक, कुशल लेखक–अनुवादक तथा असल पति र पिताको इमानदार आत्मकथा पढ्दा जो कोहीलाई शिक्षा, प्रेरणा र मार्गदर्शन मिल्न सक्छ’, प्रतिमा तुलाधरले भूमिकामा उल्लेख गरेकी छन् ।

पुस्तकका लेखक दमनराज तुलाधर राणाशासन विरोधी आन्दोलनका योद्धा, प्रजातन्त्र स्थापना पछिका कुशल प्रशासक, र जीवनको उत्तरार्धमा राजा महेन्द्रका सहयोगी, सल्लाहकार, विश्वसनीयपात्र एवं राजाका मन्तव्यका मस्यौदाकार र अंग्रेजी अनुवादक पनि हुन् ।

३०० पृष्ठको पुस्तकको पेपरब्याक संस्करण मूल्य ५ सय ५५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment