Comments Add Comment

एकैदिन सुनको भाउ तोलामा १८ सयले घट्यो

९ मंसिर, काठमाडौं । सुनको भाउ एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

यस्तै सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा आपुगेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ११ सय ८० रुपैयाँ तोकिएको छ । कोरोना भाइरस (कोभिड १९) को खोप विकासका विभिन्न चरणहरुबारे सकारात्मक समाचार विकसित भएपछि सुनमा लगानी गरिरहेका लगानीकर्ताहरु अन्यत्र लाग्दा भाउ ओरालो लागेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हिजोदेखि अहिलेसम्म प्रतिऔंश झण्डै १० अमेरिकी डलरले सुनको भाउ सस्तो भएको थियो । कोभिडसँगै सुनको उत्पादनमा भएको बृद्धिले पनि भाउ घट्न थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment