+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुर थिमिमा मनाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते ९:२३

२९ पुस, काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिने छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते मनाउने गरिन्छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान-प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको छ ।

माघ २ गते बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा (बादल) प्रमुख आतिथिको रुपमा सहभागी हुने भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए ।

उनका अनुसार विद्यमान कोभिड १९ को असहज परिस्थितिमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सतर्कता परिपालना गरी वा अनलाइन प्रविधि मार्फत् देशका संघ, प्रदेश तथा स्थानिय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि सन्चालन गरिने छ ।

भूकम्पीय सुरक्षा सम्वन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधि मार्फत् आयोजना गरिने मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?