+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नयाँ बर्षमा फिल्मको भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते ११:३५

करिब १० महिना ठप्प रहेको चलचित्र प्रदर्शन पौष १० गतेबाट सुरु भयो । हल संचालनमा आएपनि नयाँ चलचित्र नपाएर प्रदर्शकलाई समस्या छ । तयार भैसकेका चलचित्र रिलिज गर्नका लागि पनि निर्माताहरु तयार छैनन् । यसैले, दर्शकविना नै हल संचालन गर्नुपर्ने वाध्यता प्रदर्शकलाई छ ।

यस्तो अवस्थामा, प्रदर्शन व्यवस्थित बनाएर चलचित्र रिलिज गर्नुपर्ने हो । तर, नेपाली चलचित्रका निर्माताहरु पुरानै दिनमा फर्किएको आभाष हुन थालेको छ ।

फागुणको अन्तिम सातालाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘लप्पन छप्पन २’ अब यो मितिमा रिलिज नहुने भएको छ । भीएफएक्सको काम नसकिने भन्दै यसको निर्माणपक्षले चैत्रको २७ गतेलाई प्रदर्शन मिति तय गरेको छ । हुनत, यो चलचित्रको प्रदर्शन मिति पछि सरेको पहिलो पटक भने होइन ।

चैत्र २७ गते चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको थियो । तर, यही मितिमा चलचित्र ‘कृष्ण लिला’ पनि रिलिज हुने चर्चा छ । यी दुबै चलचित्रमा नायकको रुपमा पुष्प खड्काको अभिनय छ ।

यसरीहेर्दा, हल खुलेको ३ महिनासम्म चलचित्र नपाएर सुनसान बनेका हलहरुमा नयाँ बर्षको छेकोमा फेरि चहलपहल बढ्ने देखिन्छ । तर, लामो समयपछि हल खुलेको र चलचित्र क्षेत्र पनि चलायमान भएको अवस्थामा एकले अर्कोसँग चलचित्र जुधाउनु भन्दा पनि व्यवस्थित तरिकाले चलचित्र रिलिज गर्न आवश्यक छ । तर, नेपालका वितरक र निर्माताले आफ्नो पुरानो शैली फेर्ने सुरसार भने नगरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?