Comments Add Comment

फूल्चोकी जङ्गलमा हराएका २ जनाको सकुशल उद्धार

२६ माघ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-३ फूल्चोकी डाँडामा हराइरहेका दुईजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाडौं कलंकी बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मेलुङ गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई प्रहरीले सकुशल उद्दार गरेको हो ।

फूल्चोकी डाँडामा घुम्न गएका युवक हराएपछि खबर पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरको प्रहरी टोलीले उनीहरु सकुशल उद्धार गरेको हो ।

प्रहरीका अनुसार दुवैजनालाई गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र अवस्थामा फेला परेका हुन् । दुवैजनालाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जाडो याममा हिउँ पर्नेभएकोले फूल्चोकीमा आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुन्छ । जंगलमा बाटो बिराइ यसअघि पनि पटक-फटक मानिस हराउने र मृत्युसमेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment