+
+

‘प्रसाद २’मा विपिन र नम्रतापछि निश्चल जोडिए

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १५:०३

लकडाउन सकिएलगतै निर्माणको घोषणा भएको चलचित्र ‘प्रसाद २’को छायांकन अझै सुरु भएको छैन । दिनेश राउतको निर्देशनमा व्यवसायिक र समिक्षागत रुपमा नै हिट मानिएको चलचित्र ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ बन्न लागेको हो ।

यो चलचित्रमा ‘प्रसाद’कै कलाकारहरु नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठले काम गर्ने पक्का भैसकेको थियो । अब, चलचित्रका लागि कलाकार निश्चल बस्नेत पनि फाइनल भएका छन् । निश्चल चलचित्र ‘प्रसाद’मा खलपात्रको रुपमा देखिएका थिए ।

सुशिल पौडेलको लेखनमा बन्न लागेको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । सुवास थापा चलचित्रका निर्माता हुन् । निश्चल र निर्माणपक्षविच लामो समयदेखि छलफल भएपनि कागजी रुपमा आज मात्र संझौता भएको हो ।

चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । निःसन्तान एक दम्पत्तीको कथामा तयार भएको चलचित्र ‘प्रसाद’को प्रिक्वेल र सिक्वेलको रुपमा ‘प्रसाद २’ बन्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?