Comments Add Comment

श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

२५ फागुन, विराटनगर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट एक व्यक्ति पक्राउ परेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका– ५ की सावित्री दाहाल ऋषिदेवको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका हुन् ।

सावित्रीको शव घरमा नै आइतबार राति ८ बजे भेटिएको थियो । शरीरमा निलडाम देखिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पक्राउ परेका ऋषिदेवमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

मादक पदार्थ सेवन गरेर झगडा गर्दै सधैं पैसा माग्ने गरेका कारण कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको विष्णुले स्वीकार गरेको प्रहरीले बताएको छ ।

आर्थिक अवस्था कमजोर रहेका विष्णुको १८ वर्षअघि अन्तरजातीय प्रेम विवाह भएको थियो । उनीहरुका तीनजना छोरीहरु छन् । जेठी छोरीको विवाह भइसकेको छ भने १५ र १२ वर्षीया छोरीहरु घरमा छन् । आमाको हत्या आरोपमा बुबा पक्राउ परेपछि दुई छोरीको बिचल्ली भएको स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment