+
+

टिपरको ठक्करबाट झापामा थप एकजनाको मृत्यु

रासस रासस
२०७७ चैत ८ गते ८:२३

८ चैत, दमक । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा एकजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक-४ को चियाबगानस्थित सडकखण्डमा साँझ साढे ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश-१-०२-००१क १०८२ नंम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश-१-०२-०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका-८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका-८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

टिपर चालक दमक-४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?