+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एउटा यस्तो गाउँ ! जहाँ बस्नको लागि एउटा अंग काट्नुपर्छ !

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १३:२७

हुन त संसारका जुनसुकै ठाउँमा बसोबास गर्नेहरुले पनि विभिन्न नियम कानून तथा शर्तहरु पालना गर्नुपर्दछ। तर यो दुनियाँमा एउटा यस्तो ठाउँ छ, जहाँ बस्नका लागि आफ्नो शरीरको एउटा अंग नै काटेर फ्याक्नुपर्दछ।

हो, अन्टार्कटिका महादेशमा पर्ने भिल्ला लस एस्ट्रेलस नामक गाउँमा जान र बस्नका लागि शरीरको एउटा अंग काट्नै पर्दछ । उक्त गाउँमा गएर बस्न योग्य हुनका लागि काटेर फ्याँक्नुपर्ने अंग चाहिं एपेन्डिक्स हो, जुन ठूलो आन्द्राको एक भाग हो । जसलाई शरीरको अनावश्यक अंग मानिन्छ ।

उक्त गाउँ निकै विकट भएको हुँदा यथेष्ट सुविधाहरुको अभाव छ । तर किराना पसलदेखि बैंक, स्कूल, हुलाक र सानो अस्पताल चाहिं त्यहाँ छन् । स्कूलमा आधारभूत शिक्षा प्रदान गरिए पनि अस्पतालमा भने निकै सामान्य औषधि उपचार मात्र हुन्छ ।

हुन त अन्टार्कटिकामा एउटा ठूलो र सुविधा सम्पन्न अस्पताल पनि छ । तर उक्त अस्पताल भिलस लस एन्ट्रेलस गाउँभन्दा १ हजार किलोमिटर टाढा छ । त्यसैले यदि त्यहाँ कसैलाई एपेन्डिक्स दुख्ने समस्या उत्पन्‍न भएमा उपचार नपाएर ज्यान नै जाने जोखिम हुन्छ ।

विलास लास एस्ट्रेलास

भिल्ला लस एस्ट्रेलस अन्टार्कटिकाको त्यो गाउँ हो जहाँ अनुसन्धानका लागि वैज्ञानिकहरु बस्दछन् । त्यस्तै दक्षिण अमेरिकी देश चिलीका जल तथा स्थल सैनिकहरु पनि त्यहाँ बस्दछन् । कतिपय वैज्ञानिक तथा सैनिकहरु त परिवारसहित लामो समयदेखि त्यहाँ बस्दै आएका छन् । उक्त गाउँमा आउनु अगाडि पेटको शल्यक्रिया गरेर एपेन्डिक्स काटेर फ्याँकिन्छ र मानिस पूर्णरुपमा स्वस्थ र तन्दुरुस्त रहेको प्रमाणित गरिसकेपछि मात्र गाउँमा जान दिइन्छ ।

परिवारसँग बस्नेहरुलाई अरु कुरामा पनि ध्यान राख्न सुझाव दिइन्छ । विशेष गरी सैनिकहरुलाई कडा नियम तोकिएको हुन्छ कि त्यहाँ उनीहरुका पत्नीहरु गर्भवती नहोउन् । त्यस्तो विकट गाउँमा कोही गर्भवती भएमा चिकित्सा सुविधाको अभावमा ठूलो समस्या उत्पन्न हुनसक्ने भनेर त्यस्तो नियम तोकिएको हो ।

विलास लास एस्ट्रेलास

यो गाउँ बाह्रै महिना हिउँले ढाकिएको हुन्छ । गाउँमा सार्वजनिक यातायातको राम्रो सुविधा छैन। त्यहाँ पुग्नका लागि ट्रक तथा र्‍याफ्टिङ बोटको प्रयोग गर्नुपर्दछ । त्यहाँको तापक्रम सधैं माइनसमा रहन्छ । तर पनि अन्टार्कटिकाभित्रको त्यो तुलनात्मक रुपमा गर्मी ठाउँ मानिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?