+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लिलाम हुँदैछन् नेपोलियन बोनापार्टका रक्ताम्मे कपडा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते ९:१५

विश्व इतिहासका चर्चित योद्धा, शासक तथा सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएका कपडाको लिलामी हुने भएको छ । फ्रान्सेली राज्यक्रान्तिमा उदाएर पछि फ्रान्सका सम्राट बनेका नेपोलियन बोनापार्टको मृत्युको दुई सयौँ वर्षको अवसरमा उनका रक्ताम्मे कपडाहरुको लिलामी हुन लागेको हो ।

नेपोलियन बोनापार्टको मृत्यु ५१ वर्षको उमेरमा सन् १८२१ को मे ५ तारेखमा भएको थियो । सन् १८१५ को वाटरलूको युद्धमा बेलायतसँग पराजित भएसँगै देश निकाला भई आन्ध्र महासागरीय टापु सन्ट हेलेनामा बेलायती सेनाद्धारा कैदी बनाएर राखिएकै अवस्थामा उनको मृत्यु भएको थियो । मृत्युपछि पोष्टमार्टम गर्ने बेलामा रगतले भिजेका उनको जिउका कपडाहरु लिलामी गर्न लागिएको हो ।

फ्रान्सको फोन्टेनब्लुस्थित ओसेनाट लिलामघरमा मे ५ मा नेपोलियन बोनापार्टको रगत लतपतिएका कपडाका साथै नेपोलियनको कपालको झुप्पो लगायतका विभिन्न ३ सय ६० वटा वस्तुको लिलाम बिक्रि हुँदैछ । लिलाम हुन लागेका नेपोलियनका कपडाहरुमा उनले लगाउने एकजोडी सिल्कको सुरुवालका साथै लामो बाहुला भएको शर्ट रहेको छ, जसमा रातो धागोले सिलाएर एन लेखिएको छ ।

नेपोलियनको रगत लागेका ती कपडा कम्तिमा १५ हजार युरोमा बिक्रि हुने अपेक्षा गरिएको छ । लिलामघर ओसेनाटका जिन पिएरे भन्छन् कपडामा रहेको रगतको टाटोमा तपाइँले नेपोलियनको डिएनए पाउनुहुनेछ । नेपोलियनसँगको निकटता यो भन्दा केही हुन सक्दैन ।

पिएरेका अनुसार नेपोलियन कपडाका तथा सरसफाइका शौखिन थिए । उनले लगाउनका लागि  ठूलो संख्यामा शर्टहरु सिलाएका थिए । उनी सरसफाइका पारखी नै थिए र दिनमै तीन चारपटक नुहाउँथे । उनले लगाउने कपडा छिनछिनमा फेरिरहन्थे । उनले आफ्नो विशेष पहिरनबाट आम मानिसमा छुट्टै छाप छोडेका थिए ।

लिलाममा राखिएका नेपोलियनका अन्य सामानहरुमध्ये अधिकांस उनको जिवनकालको अन्तिम आवासको रुपमा रहेको लंगउड हाउसबाट ल्याइएको हो जसमा नेपोलियनले खाना खाने कलात्मक प्लेट, घडी देखि उनले प्रयोग गरेका क्रिस्टलका सामानहरु पनि छन् ।

स्रोतः रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?