Comments Add Comment

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ सयभन्दा धेरैको मृत्यु

फाइल तस्वीर

९ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ हजार ७४१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा कोरोनाका २ लाख ४० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६५ लाख नाघेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ९९ हजार २६६ जनाको मृत्यु भइसकको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा ३५ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ३१ हजारभन्दा धेरै छ भने केरलामा पनि २८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा पनि २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २८ लाखभन्दा धेरै छ । भारतमा पछिल्लो केही समययता सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ । अहिलेसम्म भारतमा १९ करोड ५० लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment