Comments Add Comment

ओपन स्काइज सन्धीमा सामेल नहुने अमेरिकाको घोषणा

१४ जेठ, काठमाडौं । अमेरिकाले रुसलाई सन् १९९२ मा भएको ओपन स्काइज सन्धीमा अब सामेल नहुने बताएको छ ।

यो सैन्य सन्धीमा आबद्ध मुलुकको सेनाले एकअर्काको मुलुकमा विभिन्न गतिविधिको लागि हवाई उडानको अनुमति पाउँछन् ।

अमेरिकी विदेशमन्त्रालयले ओपन स्काइज सन्धी रुसले निरन्तर उल्लंघन गर्दै आएको र रुस यसमा प्रतिबद्ध नदेखिएको आरोप लगाएको छ ।

रुसले भने अमेरिकाले लगाएको आरोप अस्वीकार गर्दै रुस पनि सो सन्धीबाट यसै वर्ष बाहिरिन सक्ने बताएको छ । यो सम्झौतामा ३० भन्दा धेरै मुलुक छन् ।
उक्त सन्धी सन् २००२ देखि कार्यान्वयनमा आएको थियो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सन्धीबाट बाहिरिने निर्णय गरेका थिए । त्यतिबेला राष्ट्रपतिको उम्मेदवार रहेका जो बाइडनले यो निर्णयलाई अदूरदर्शी निर्णय भएको बताएका थिए ।

आगामी जुन १६ मा अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनुभन्दा अघि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment