Comments Add Comment

कोरोना रोकथामका लागि कांग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने

फाइल तस्वीर

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि बायो मेडिकल इञ्जिनियरहरुको सहभागीतामा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सञ्चालन गरिने अभियानका लागि कांग्रेसले इन्जिनियरहरु सम्मेलित स्वयंसेवी समूह गठन गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वयंसेवी समूहले कोरोना उपचारका लागि उपकरणहरुको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवा प्रदान गर्ने बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न विषयगत सेवा उपलब्ध गराउन आवश्यकता महसुस गरी अभियान प्रारम्भ गरिएको उनले बताए ।

कोरोनाको उपचारमा जरुरी मेडिकल उपकरणहरुको प्रयोगमा कतिपय ठाउँमा दक्ष जनशक्ति अपुग भएको, कतिपय ठाउँमा उपकरणहरुको प्रयोगमा ब्यवहारिक कठिनाई उत्पन्न भएको र कयौं ठाउँमा अत्यावश्यक उपकरणहरुमा खराबी उत्पन्न हुँदा त्यसलाई मर्मत गर्न नसकिएको सूचना आएका कारण समूह गठन गरेर अभियान सञ्चालन गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले गठन गरेको अभियानको केन्द्रीय रेस्पोन्स टिमको संयोजकमा इन्जिनियर हरिराम दवाडी लगायत १५ जना इन्जिनियरहरु सहभागी छन् । अभियानलाई सफल पार्न सातै प्रदेशमा पनि स्तरीय टिम गठन गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment