
९ असार, काठमाडौं । ‘राष्ट्रिय कविता महोत्सव’ २०७८ मा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शिर्षकको कविता प्रथम भएको हो ।
यस्तै धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन् ।
प्रत्येक वर्ष असार ९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सव अघिल्लो वर्ष कोभिडका कारण मंसिरमा भएको थियो ।
प्रथम हुने कविले ५० हजार रुपैयाँ, द्वितीयलाई ४० तथा तृतीय हुने तीनजनालाई जनही ३० हजार रुपैयाँ र पदक राष्ट्रपतिको हातबाट पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4