 
																			बलिउड नायिका कियरा आडवाणीको क्रेज ह्वात्तै बढेको छ । यसकारण, पनि उनको छायांकन सेड्यूल निकै नै कसिलो छ । उनै, कियरा साउथका सुपरस्टार राम चरणको साथमा चलचित्र ‘आरसी १५’मा अभिनय गर्ने तयारीमा छिन् ।
भारतका विभिन्न भाषामा बन्न लागेको यो चलचित्रको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारी निर्माताको छ ।
राम चरणको मुख्य भूमिका रहेको चलचित्र ‘आरआरआर’को छायांकन सेड्यूल कोभिडका कारण प्रभावित भएका कारणले यो चलचित्रको काम सुरु हुन समय लागेको हो ।
एस शंकरले निर्देशन गर्न लागेको यो चलचित्रलाई दिल राजुले निर्माण गर्नेछन् । एक्सन र ड्रामा भरपुर रुपमा प्रयोग गरिने यो चलचित्रमा राम चरण एक प्रहरी अफिसर्सको भूमिकामा देखिदैछन् । यो चलचित्रलाई ६ महिना लगाएर छायांकन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4