+
+

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १८:२२

ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।

विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् एक करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले आवश्यक कागजातहरू पेस गरेको तीन कार्यदिनभित्र विनाझन्झट कर्जा प्रवाह गर्ने जनाएको छ । देशभर ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?