Comments Add Comment

प्रदेश ६

List Grid
सिमकोट विमानस्थलको सुरक्षा फितलो

२८ फागुन, सिमकोट (हुम्ला) । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षा व्यवस्था फितलो बनेको छ । नेपाल खाद्य संस्थानको चामल र व्यापारीको जडीबुटी जिल्ला बाहिर ओसारिँदा विमानस्थलमा सबैको पहुँच सजिलै पुग्ने गरेको छ । अति संवेदनशील मानिने विमानस्थलको निषेधित क्षेत्रमा सामान्य नागरिक पनि सहजै पहुँचले विमानस्थलभित्र भरिभराउ हुने गरेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र […]

जुम्लामा हिमपात, जनजीवन प्रभावित

९ फागुन, सिञ्जा (जुम्ला) । जुम्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका […]

सल्यानमा घाँटी रेटेर युवतीको हत्या, अझै पत्ता लागेन अभियुक्त

४ फागुन, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका- १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो । सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा […]

साहुको ऋण तिर्न नसकी जाजरकोटमा दलित समुदाय विस्थापित

२७ माघ, जाजरकोट । साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका-११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । १२५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो । आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टी गाउँका दलित समुदाय साहुबाट […]

गोठमा आगलागी हुँदा जुम्लामा एकजनाको मृत्यु

२१ माघ, खलङ्गा (जुम्ला) । जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेका छन् । सोमबार राति १० […]

सुर्खेतमा ट्रकले ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु

१७ माघ, काठमाडौं । सुर्खेत वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै शुक्रबार बिहान ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका-७ का ३४वर्षीय प्रेम कार्की रहेका छन् । सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु […]

वीरेन्द्रनगर तनावग्रस्त, बुधबार बिहानसम्मका लागि कर्फ्यु जारी

१४ माघ, काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।  बिहान वीरेन्द्रनगर नगरपालिका-३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो । भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो । […]

सुर्खेतमा टिपरले किचेर युवकको मृत्यु

१४ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका-३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई मंगलबार बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । उनका अनुसार सिंह सवार रहेको भे१प २१७८ नम्बरको मोटरसाइकललाई भे१ख २२४२ को टिपरले […]

कर्णाली उत्सव : ‘कुडा कर्णालीका’

१३ माघ, सुर्खेत । कर्णाली प्रदेशमा १० जिल्ला भए पनि कर्णालीवासी ११ जिल्ला छन् भन्ने ठान्छन् । उनीहरुको तर्क छ, ‘कर्णालीका आदिवासी राउटेको आफ्नै जिल्ला छैन । राउटेको निश्चित भूगोल छैन । त्यसैले फिरन्ते राउटे समुदायसहितको ११ जिल्ला हो, कर्णाली ।’ फागुन दोस्रो सातादेखि सुरु हुने कर्णाली उत्सवमा ‘कर्णालीका ११ जिल्ला’ भन्ने एउटा सत्र पनि […]

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि

१२ माघ, सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायतासम्बन्धी कार्यविधि २०७६ र विपद् जोखिम बीमासम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको कर्णाली प्रदेश […]

उपमेयर नेपालीको प्रष्टीकरण : म बिरामी छु, अमेरिकामा लुकेको होइन

१२ माघ, काठमाडौं । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित […]

जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

१० माघ, काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुईजना ८ लाख घुससहित सुर्खेतमा पक्राउ परेका छन् । गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले अध्यक्ष केसीलाई पक्राउ गरेको हो । अध्यक्ष केसीसँगै रहेका चन्द्रबहादुर बस्नेतसमेत पक्राउ […]

अमेरिकामै लुकिन् तिलागुफाकी उपमेयर दर्शना

९ माघ, काठमाडौं । गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् । तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन […]

कर्णालीमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी

९ माघ, काठमाडौं । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । अन्यबाट नेकपाका मायाप्रसाद शर्मा तीन हजार ६१८ मतभारका साथ विजयी भए । कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे । यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी तीन हजार ६८४ मतका साथ विजयी भइन् । […]

तीन दिनदेखि कर्णालीका पाँच जिल्ला सञ्चारविहीन   

८ माघ, सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा […]

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन गर्न सम्झौता

७ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रवीच मंगलबार कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हस्ताक्षर कार्यक्रममा कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद […]

हिमपात रोक्न उपल्लो डोल्पाका स्थानीयले गरे हिउँमै बसेर पूजा

६ माघ, डोल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९, पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा […]

भेरीको पानीले चौरजहारीको तिर्खा मेट्दै

२ माघ, जाजरकोट । चौरजहारी नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न भेरी नदीको सहारा लिइएको छ  । रुकुम पश्चिमको चौरजहारी उपत्यका नजिक खानेपानी नभएका कारण भेरी नदीको पानी लिफ्टिङ गरेर ल्याई खानेपानीको समस्या हल गर्न लागिएको हो । भेरी नदीबाट चौरजहारीमा पानी ल्याउने काम अब पाँच प्रतिशत मात्र रहेको जनाइएको छ । विजयश्वरी-चौरजहारी सुक्खा क्षेत्र खानेपानी […]

जुम्लामा हिउँले जनजीवन प्रभावित

२ माघ, खलङ्गा (जुम्ला) । जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने […]

सुक्यो ‘सुर्खेतको रारा’

२ माघ, सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बीचमा अवस्थित ‘बराहताल’ पुग्नुभयो भने तपाईं अहिले ताल देख्न पाउनुहुन्न । कुनै बेला ‘सुर्खेतको रारा’, ‘कर्णालीको दोस्रो रारा’को उपमा पाएको यो ताल एकाएक सुक्दा स्थानीय बासिन्दा अचम्मित छन् । उनीहरुका अनुसार ताल सुक्न थालेको करिब दुई वर्ष जति भयो । जसको पहिचानले गाउँपालिकाकै नाम […]

कालीकोटमा विद्यालयको अनुगमन मोबाइलबाटै

२९ पुस, मान्म (कालीकोट) । कालीकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन सुरु गरिएको हो । गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को उत्पादन स्कूल डायरीमार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर […]