Comments Add Comment

प्रदेश ६

List Grid
कोरोना सङ्क्रमण देखिएसँगै कर्णालीमा उच्च सतर्कता

६ जेठ, सुर्खेत । कोरोना भाइरसको जोखिमबाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । हालसम्म सुरक्षित मानिएको यस प्रदेशमा लकडाउनको ५६औँ दिनपछि पहिलोपटक एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिकाका-१ साततलाका एक पुरुष युवामा सोमबार कोरोना भाइरस पुष्टि भएपछि यस प्रदेशमा सङ्क्रमण प्रवेश गरेको छ । भारतको […]

कोरोनासामु अरु समस्या गौण हुन् : मुख्यमन्त्री शाही

५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको संकट समाधानका लागि एकतावद्ध भएर लाग्न आवश्यक भएको बताएका छन् । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुलाई कोरोनाले निम्त्याएको समस्याका सामु अरु समस्या गौण रहेको मुख्यमन्त्री शाहीले बताए । विश्वव्यापी संकटका […]

कर्णालीमा पनि लकडाउन खुकुलो, नाकामा क्वारेन्टाइन

३० वैशाख, काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश, क्राइसिस म्यानेजमेन्ट सेन्टरको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो । बैठकले यसअघि सिल गरिएका नाकामा आवतजावतलाई कडाइ मात्रै गर्ने निर्णय गरेको छ भने कृषि तथा विकास निर्माणको क्षेत्रमा लकडाउन […]

कर्णाली प्रदेशका सबै नाका सिल

२२ वैशाख, काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजबुत बनाउने निर्णय गरेको हो । कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज […]

क्वारेन्टाइनमा लगिएका व्यक्ति कर्णाली नदीमा बेपत्ता

२२ वैशाख, मुगु । क्वारेन्टाइनमा राख्न लगिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका-१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै केही दिनअघि […]

जाजरकोटमा अनुदानको नुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री

२० वैशाख, जाजरकोट ।  जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ । जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने आयोडिनयुक्त नुन बारेकोट गाउँपालिकामा भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँपालिकाको मुकाममा सडक पुगे पनि लकडाउनका कारण गाडी चलेकोले खच्चडले ढुवानी गरेर लुकिछिपी […]

कर्णालीको बजेट निर्माण सुरु

१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ । प्रदेश सरकारले ३२ अर्बसम्मको बजेट ल्याउने गरी बन्दाबन्दी (लकडाउन) का बेलामा समेत मन्त्रालय तथा मातहतका निकायमा तयारी थालेको हो । नीति तथा कार्यक्रम र बजेटका साथै अत्यावश्यक प्रशासनिक कार्य सम्पादन गर्नुपर्ने भएकाले […]

डिसिए नेपालले बाड्यो राहत तथा स्वास्थ्य सामाग्री

४ वैशाख, काठमाडौं । स्थानीय सरकारहरुको सहकार्यमा गैह्र सरकारी संस्था डिसिए नेपालले स्वास्थ्य सामाग्री तथा राहत वितरण गरेको छ । डीसीएले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । हाल सम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्ला गरी १५६६ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामाग्री वितरण गरिसकेको […]

कोरोनाबारे अपवाह फैलाउने पक्राउ

३ वैशाख, सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो । प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

कोरोना रोकथाम गर्न कर्णालीमा नेकपाका कार्यकर्ता परिचालन

३ वैशाख, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ । प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन गर्ने निर्णय गरेको हो । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार बैठकले इञ्चार्ज जनार्दन शर्मा […]

कर्णालीमा कोरोनाको जोखिम : लकडाउनले नपुग्ने भन्दै कोरियन मोडेलको खोजी

२५ चैत, सुर्खेत । छिमेकी प्रदेश सुदूरपश्चिमबाट कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेपछि कर्णाली प्रदेशले आफ्नो प्रदेशमा सतर्कता बढाएको छ । सुदूरपश्चिमजस्तै कर्णाली प्रदेश पनि भारतबाट प्रवासी नेपालीहरु बढी भित्रिने क्षेत्रमा पर्छ । कर्णालीमा विभिन्न जिल्लाका बासिन्दाहरु भारतमा रोजगारी गर्न जाने गर्छन्, जो अहिले स्वदेश भित्रिएका छन् । कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन परिषद्, अनुगमन […]

कर्णालीमा कोरोना परीक्षण गर्न घुम्ति प्रयोगशाला सञ्चालन गर्ने निर्णय

२५ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि घुम्ति प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कर्णालीमा भारतलगायत विदेशबाट आएका नागरिकको संख्या धेरै रहेकोले उनीहरुमा संक्रमण हुन सक्ने र अरुमा सर्ने भएकोले घुम्ति प्रयोगशाला व्यवस्थापन गरी द्रुत गतिमा परीक्षण गर्ने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घुम्ति प्रयोगशाला परीक्षण […]

कर्णाली सरकारले पनि बनायो ५० करोडको कोरोना रोकथाम कोष

१० चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कोष स्थापनाको घोषणा गरेको हो । त्यस्तै कर्णालीका सबै जिल्ला विपद व्यवस्थापन कोषमा प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले […]

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यक बाहेकका भेटघाट बन्द

१० चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् । कोरोना संक्रमणको जोखिमबाट बच्न अत्यावश्यक बाहेकका भेटघाट सोमबारदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए । मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड-१९)ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेको सल्लाहकार शर्माले बताए । […]

कर्णालीमा हजार बेडको क्वारेन्टाइन, नाकाबाट नेपालीलाई मात्रै प्रवेश

७ चैत,काठमाडौं । कर्णाली प्रदेश सरकारले एक साताभित्र राजधानी सुर्खेतमा एक हजार बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । क्वारेन्टाइन निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । सेनाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६०० बेड र रेडियो नेपाल क्षेत्रीय प्रसारणको खाली जग्गामा ४०० बेडको क्वारेन्टाइन ७ दिनभित्र निर्माण गर्ने छ । शुक्रबार बसेको कर्णाली प्रदेश विपद् […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पठनपाठन एक महिना बन्द

६ चैत, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले एक महिनाका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले बुधबार गरेको निर्णयअनुसार विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरिएको विश्वविद्यालयले बताएको छ । विहीबारदेखिनै लागू हुने गरी चैत मसान्तसम्म सबै क्याम्पसको पठनपाठन बन्न हुने विश्वविद्यालयले जारी गरेको […]

समृद्धिको साँचो कर्णालीमा छ : मन्त्री भण्डारी

४ चैत, काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको ताल्चा खोल्ने साँचो कर्णालीमा रहेका बताएका छन् । काठमाडौंमा पत्रकारसँग कुरा गर्दै मन्त्री भण्डारीले भने, ‘समृद्धिको साँचो कर्णाली हो । समृद्धि कर्णालीकै साँचाले खोल्न सक्छ ।’ कर्णालीमा समृद्धिको सम्भावना रहेको तर चुनौती अझै बढी रहेकोले ‘अभाव कर्णाली’को परिभाषा बदल्न सके मात्रै समृद्धि […]

सिमकोट विमानस्थलको सुरक्षा फितलो

२८ फागुन, सिमकोट (हुम्ला) । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षा व्यवस्था फितलो बनेको छ । नेपाल खाद्य संस्थानको चामल र व्यापारीको जडीबुटी जिल्ला बाहिर ओसारिँदा विमानस्थलमा सबैको पहुँच सजिलै पुग्ने गरेको छ । अति संवेदनशील मानिने विमानस्थलको निषेधित क्षेत्रमा सामान्य नागरिक पनि सहजै पहुँचले विमानस्थलभित्र भरिभराउ हुने गरेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र […]

जुम्लामा हिमपात, जनजीवन प्रभावित

९ फागुन, सिञ्जा (जुम्ला) । जुम्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका […]

सल्यानमा घाँटी रेटेर युवतीको हत्या, अझै पत्ता लागेन अभियुक्त

४ फागुन, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका- १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो । सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा […]

साहुको ऋण तिर्न नसकी जाजरकोटमा दलित समुदाय विस्थापित

२७ माघ, जाजरकोट । साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका-११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । १२५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो । आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टी गाउँका दलित समुदाय साहुबाट […]