
भेरी नदी (फाइल तस्वीर)
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीको टोलीले सुर्खेतको भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेट्यो।
- उनको शव शनिबार भेटिएको हो र खोजीका लागि ठूलो टोली खटिएको थियो।
- डीएसपी शैलेन्द्र थापाले शव भेटिएको जानकारी दिए।
१० जेठ, काठमाडौं । गत जेठ ८ गते सुर्खेतको गुर्भाकोट नगरपालिका –१० भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेटिएको छ ।
४४ वर्षीय रानाको सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार शव फेला पारेको हो ।
उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेश घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली खटिएको थियो ।
शनिबार दिउँसो घटनास्थल नजिक शव फेला परेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4