+
+

कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १७:४९

२५ कात्तिक, सुर्खेत। कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइएको छ।

पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा परेका ८ जना घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको हो ।

दुर्घटनामा घाइते १३ जना मध्य पहिलो चरणमा ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार बाँकी ५ घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ। आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको कालिकोट प्रहरीले जनाएको छ।

घाइते १३ मध्य ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिप भिरबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?