
२ साउन, हुम्ला। सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए।
डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना भएको हो ।
उनले भने, ‘जडीबुटी सकंलन गरी घर फर्किरहनु भएको रहेछ ।तर बीचमै दुर्घटना भएको छ। हामी उद्धार गरिरहेका छौं, ट्याक्टर खोलामा छ।’
ट्याक्टरमा चढेकाहरू खार्पुनाथ गाउँपालिका- ३ र सिमकोट गाउँपालिका-८ स्याडाका स्थानीय रहेको डिएसपी पोखरेलको भनाइ छ ।
प्रतिक्रिया 4