+
+
Shares

आन्दोलित कर्मचारीसँग छलफल गर्न कर्णाली सरकारले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदेश सरकारले स्थानीय सेवा ऐनको विभेद सच्याउन १७ जेठमा तीन सदस्यीय वार्ता समिति गठन गर्यो।
  • आंदोलित कर्मचारीहरूले १६ दिनदेखि धर्ना दिँदै माग पूरा नभएसम्म काम नगर्ने बताएका छन्।
  • समितिले ऐनमा रहेका विभेद र कर्मचारीका मागहरू सम्बोधन गर्न छलफल गरिरहेको छ।

१७ जेठ, सुर्खेत । कर्णालीका आन्दोलित कर्मचारीहरूसँग छलफल गर्न प्रदेश सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश सरकारले निर्माण गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा गरिएको विभेद सच्याउन माग गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरू १६ दिन देखि आन्दोलित छन् ।

उनीहरूसँग छलफल गर्न भन्दै प्रदेश सरकारले शुक्रबार मुख्यमन्त्री कार्यालयका कानुन सचिव वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यमा मुख्यमन्त्री कार्यालयका उपसचिव कृष्ण प्रसाद खरेल र शाखा अधिकृत दीपेन्द्रकुमार सिंह रहेका छन् ।

‘विधेयक प्रदेश सभामा दर्ता भइसकेको छ, संशोधन विधेयक उपर प्रदेश सभामा छलफल हुँदा कर्मचारीको वृत्ति विकासको विषयमा छलफल हुने नै छ,’ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

१६ दिनदेखि आन्दोलित कर्मचारीहरूले विगत ९ दिनदेखि मुख्यमन्त्रीको कार्यालय अगाडी धर्ना दिइरहेका छन् । आफ्ना मागहरू सम्बोधन नभएसम्म काममा नफर्कने उनीहरूको भनाइ छ । यता सरकारले भने १६ दिनपछि वार्ता समिति गठन गरेको छ ।

स्थानीय सेवा कर्मचारी सञ्जाल प्रदेश समिति लगायत आन्दोलनरत पक्षका प्रतिनिधिसँग समितिको तर्फबाट छलफल तथा परामर्श भइरहेको सह–संयोजक ओम प्रकाश नेपालीले जानकारी दिए ।

ऐनले २०७६ यता नियुक्त भएका चौथो, पाँचौँ र छैटौँ तहका कर्मचारीको सेवा–सुविधा तथा पदोन्नतिमा विभेद गरेको सहसंयोजक नेपालीले बताए । सेवा प्रवेशमा उमेर हद नलगाउने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै गरिनुपर्ने लगायतका मागसहित प्रदेशका झन्डै १३ सय कर्मचारी आन्दोलित रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?