
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको लिमी उपत्यका क्षेत्रमा तीन वर्षसम्म जडीबुटी संकलन र पशु चराउन प्रतिबन्ध लगाइएको छ।
- वडाध्यक्ष पाल्जोर तामाङले संरक्षण र जैविक विविधता कायम राख्न नियम लागु गरिएको बताए।
- प्रतिबन्ध उल्लंघन गरेमा कानुनी कारबाही हुने उनले बताए।
२९ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका- ६ को लिमी उपत्यका क्षेत्रमा तीन वर्षसम्म जडीबुटी संकलन गर्न नपाइने भएको छ।
प्राकृतिक सम्पदा, जडीबुटी तथा वनस्पति संरक्षण व्यवस्थापनका लागि तीन वर्षसम्म प्रतिबन्ध लगाइएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
उनका अनुसार भेँडाबाखा, चौँरी लगायत पशुचौपया चराउन समेत प्रतिबन्धित गरिएको छ ।
वडाले सूचना प्रकाशन गरेको मितिदेखि तीन वर्षसम्म जडीबुटी संकलन गर्न, भेँडा बाखा-चौँरी चराउन पूर्ण रूपमा प्रतिबन्धित गरिएको उनले बताए । नियम उल्लंघन गर्न जोकसैलाई प्रचलित कानुनअनुसार वडाले कारबाही गर्ने तामाङले बताए।
वन सम्पदा, संरक्षण वातावरणीय सन्तुलन कायम राख्न तथा जैविक विविधता जोगाउन यो नियम लागु गरिएको वडाध्यक्ष तामाङको भनाइ छ ।
प्रतिक्रिया 4