
News Summary
Generated by OK AI. Editorially reviewed.- दैलेख प्रहरीले राउटे युवतीमाथि दुव्र्यवहार गरेको भिडियोको आधारमा तपेन्द्र शाहीलाई पक्राउ गरेको छ।
- भिडियो सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाहीका लागि सुर्खेत पठाउने तयारी गरेको छ।
- भिडियोमा युवतीहरूलाई असहज बनाउने र अश्लील हर्कत गरेको देखिएको छ, जसले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
१७ जेष्ठ, सुर्खेत । राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।
केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । सोही भिडियोको आधारमा उनलाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख बरालले जानकारी दिए ।
‘राउटे युवतीहरूमाथि दुर्व्यवहार गरेको भिडियो र मिडियामा आएको समाचारको आधारमा ती युवाको खोजी थालेका थियौँ,’ बरालले अनलाइनखबरसँग भने, ‘उनलाई आज बिहान आठविस नगरपालिकाको टुनिवगरबाट पक्राउ गरिएको छ ।’ उनकाअनुसार तपेन्द्रको थप विवरण खुल्न बाँकी छ ।
इलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीलाई तपेन्द्रलाई नियन्त्रणमा लिएको र थप विवरण आउन बाँकी नै रहेको दैलेख प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सुर्खेत पठाइने छ ।
केही दिन अघि ‘घर्ती जगत’ नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गर्दै ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन ?’ भन्दै भिडियो सार्वजनिक गरिएको थियो । त्यसपछि प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको खोजी थालेको थियो ।
चार जना राउटे युवतीको बिचमा बसेका तपेन्द्रले गलत हर्कत गरिरहेको भिडियो क्लिपमा देख्न सकिन्छ । अँगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरूले असहज मानिरहेको भिडियोमा देखिन्छ । भिडियो भाइरले गराउने बहानामा अनावश्यक दुःख दिने र अश्लील हर्कतले राउटे युवतीहरू असुरक्षित बनेका छन् ।
प्रतिक्रिया 4