+
+

सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २३:४६

१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् ।

उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् ।

यस्तै तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरेकी थिइन् ।

यसअघि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए । उनको सडक दुर्घटनाका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?