+
+
Shares

सुर्खेतमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १५:४४
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय उदय चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।
  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई वीरेन्द्रनगर नगरपालिका–३ बाट पक्राउ गरिएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
  • प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ।

३१ असार, सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३ मा बस्दै आएका चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको हो ।

चन्दले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?