+
+

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस

रासस रासस
२०८१ पुष २८ गते १२:१३

२८ पुस, जुम्ला । जुम्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुवात हुने भएको छ ।

आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ ।

‘गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ ।यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ,’ प्रजिअ शाहीले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?