+
+
Shares

जोखिम मोलेर सुत्केरी गराउन बाध्य नेप्काका महिला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:३२

२१ जेठ, हुम्ला । चंखेली गाउँपालिका-५ की १९ वर्षिय ममिता तामाङ सुत्केरी व्यथाले थला परिन् । बर्थिङ सेन्टर पिप्लाङ पुग्न  एक दिन प‌ैदल हिँडेर पनि पुग्न नसक्ने भएपछि नजिकै नेप्का आधारभूत स्वास्थ्य ईकाईमा गइन् ।

स्वास्थ्य संस्थामा न त उपकरण छ, न बेड नै । सामान्य कोठामा नेप्का आधारभूत स्वास्थ्य ईकाईकी अनमी रामगीता तामाङले जोखिम मोल्दै सुत्केरी गराएको ममिता तामाङकी आमा कृष्णा तामाङले जानकारी दिइन् ।

बर्थिङ सेन्टर पिप्लाङ पुर्‍याउन टाढा भएपछि गाउँमै जोखिम मोलेर सुत्केरी गराएको उनले बताइन् । नातिनी जन्मिएकोमा खुशी भएपनि यस्तो परिस्थितिमा मोल्नुपरेको जोखिमले चिन्तित थिइन् उनी ।

सामान्य कोठामा आमाले बच्चालाई जन्म दिएको तामाङले अनलाइनखबरसँग दुखेसो पोखिन् । आधारभूत स्वास्थ्य ईकाईमा उपकरण, बर्थिङ सेन्टर नहुँदा पनि जोखिम मोलेर गाउँमै पहिलो पटक सुत्केरी गराएको नेप्का आधारभूत ईकाइकी अनमी रामगीता तामाङले जानकारी दिइन् ।

उक्त गाउँबाट बर्थिङ सेन्टर पुग्न झण्डै एक दिन पैदल हिँड्नुपर्छ । आधारभुत स्वास्थ्य ईकाई नेप्का गाउँमा न त उपकरण छ । दुर्गम गाउँ नेप्कामा नागरिक र स्वास्थ्यकर्मीले संसाधनको अभावले जोखिम मोल्नुपरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?