Comments Add Comment

प्रदेश ६

List Grid
कर्णाली सरकारको एक वर्ष : नियमित हवाई उडान मुख्य उपलब्धी

३ फागुन, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशलाई यातायात सञ्जाल विस्तारलाई प्रमुख उपलब्धी मानेको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आइतबार वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुर्खेतमा हवाई यातायात नियमित हुनु प्रमुख उपलब्धीका रुपमा उल्लेख गरेका हुन् । २०२३ मै काठमाडौंदेखि राजधानी वीरेन्द्रनगर उडान भए पनि त्यसयता नियमित हुन नसकेको […]

चुनावी मुद्दामात्र बन्यो दलित बस्तीको लालपुर्जा

३ फागुन, दुल्लु । सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने […]

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशकै उत्कृष्ट

३ फागुन, काठमाडौं । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरीका खानेपानी उपभोक्ता संस्था मध्ये उत्कृष्ट बनेको छ । नगर विकास कोषको आशिंक लागत असुली र सहभागितामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये संस्थागत सुधार तथा स्तरोन्नती कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उल्लेखनीय सुधार गरेको भन्दै संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो । नगरविकास कोषको […]

भारी हिमपातले हुम्लामा हवाई सेवा बन्द

२५ माघ, हुम्ला । आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ । जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ । जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले […]

कर्णाली प्रदेश विपदको उच्च जोखिममा

२५ माघ, सुर्खेत । मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपदका हिसाबले उच्च जोखिममा रहेको पाइएको छ । शुक्रबार सुर्खेतमा आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपदमा कर्णाली उच्च जोखिम रहेको बताए […]

कर्णालीवासीलाई मुख्यमन्त्रीको सुझाव–भैँसी पाल दूध खाऊ, भेडाबाख्रा पाल मासु खाऊ

१६ माघ, काठटमाडाैं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय उत्पादनको प्रयोग गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् । आवश्यक सबै कुरा कर्णालीमै उत्पादन हुने भन्दै मुख्यमन्त्री शाहीले आफ्नै उत्पादनको प्रयोग गरे परनिर्भर हुनुनपर्ने बताए । राष्ट्रिय योजना आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश परामर्श बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘कद्दु (फर्सी) लगाउ, कद्दु खाऊ, दूध खान […]

जुम्लामा पहिलोपटक सुरू भयो अक्सिजन उत्पादन

१५ माघ, काठमाडौँ । अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज, काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलो पटक आफ्नै कारखानाबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा […]

जाजरकोटमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

११ माघ, जाजरकोट । जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्‍याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका […]

बिहेभोजमा ‘पर जा’ भन्नेलाई प्रहरीले समात्यो !

९ माघ, बाग्लुङ । विवाहको भोजमा जातीय विभेद गरेको आरोपमा ढोरपाटन नगरपालिका–५ बाग्लुङका लोकबहादुर बुढा पक्राउ परेका छन् । स्थानीय बिहेभोजमा खानाको विषयलाई लिएर लोकबहादुरले निशीखोला गाउँपालिका– २ का ५१ वर्षीय ओमबहादुर रसाइलीलाई विभेद गरेको भन्दै ओमबहादुरले मंगलबार इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए । निवेदन आएपछि प्रहरीले मुद्दा दर्ता गर्नका लागि जिल्ला जिल्ला […]

सचिवहरुलाई मुख्यमन्त्रीले भने–कर्णालीको नाङगो छाती हेरर कर्तव्य पूरा गर्नुस्

९ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वजेट कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएका छन् । विषयगत मन्त्रालयका सचिवहरुलाई बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका हुन् । ‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होइन,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारको सोच बमोजिम जनताले अनुभूति गर्नेगरी परिणाममुखी काम […]

जुम्ली सांसदको गुनासोः मन्त्रालयमा जाँदा उभिनुपर्छ

७ माघ, काठमाडौं । देशमा आमूल परिवर्तन ल्याउन भन्दै सशस्त्र विद्रोहमा होमिएका गजेन्द्रबहादुर महतले शान्ति प्रक्रिया सुरु भएको एक दशकपछि संसद भवन छिर्ने अवसर पाए । उनी जुम्लाका एक मात्र संघीय सांसद हुन् । नेपाल मजदुर किसान पार्टीबाट राजनीति सुरु गरेका महत ०५६ सालदेखि माओवादीमा जोडिए । जनयुद्धमा जुम्लाको जनसरकार प्रमुखसमेत भएका महत आफूलाई जनताप्रति […]

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक माघ १४ र १५ मा

 माघ, सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक यही माघ १४ र १५ गते बस्ने भएको छ ।बैठकलाई ब्यबस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विभागीय मन्त्रीहरु, प्रदेश योजना आयोगका पदाधिकारीहरु, प्रदेश सरकारका प्रमूख सचिव तथा सचिवहरुको संयुक्त बैठकले समन्वय […]

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति, काठमाडौं आउनुपर्ने बाध्यता हट्यो

६ माघ, काठमाडौं । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी […]

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे सङ्क्रान्ति मनाउन टाढाटाढाबाट पाहुना पुगिसकेको पञ्च भयार माध्यमिक विद्यालय जिकुवाका शिक्षक […]

कठ्याङ्ग्रिँदो जाडोमा पनि महिनावारी हुँदा खुला आकाशमुनि

१ माघ, हुम्ला । तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् । हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नु […]

हुम्लामा ठूलो परिमाणमा अवैध चाइनिज रक्सी भित्रियो, ब्यापारीको पहिचान भएन

२९ पुस, हुम्ला । हुम्लामा पछिल्लो समय ठूलो मात्रामा चाइनिज रक्सी भित्रिने गरेको खुलेको छ । पछिल्लो समय ठूलो परिमाणमा प्रहरीले चाइनिज मदिरा बरामद गरेको छ । तीन महिनाको अवधिमा तीन हजार ८६ कार्टनु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चंखेली गाउापालिका-५ को टााके नाकाबाट सबैभन्दा धेरै दुई हजार ९०८ कार्टुन […]

कालीकोटको रास्कोटमा २२२ रोपनीमा बन्ने भयो सामुदायिक अस्पताल

२९ पुस, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, अभियन्ता रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिम्खडाले संयुक्तरुपमा अस्पातल निर्माण अभियानको […]

कालिकोट आगलागी घटनामा वडासचिव पक्राउ

२२ पुस, काठमाडौं । कालिकोटको पलाता गाउँपालिका–१, खाँडामा भएको आगलागीमा संलग्न भएको आशंकामा प्रहरीले विवादास्पद छविका वडा सचिवलाई पक्राउ गरेको छ । गाउँपालिकाको ६ वटा वडा कार्यालयको जिम्मेवारी सम्हालिरहेका विष्णुकान्त प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि ८ पुसको मध्यराति त्यहाँ आगलागी हुँदा ३२ घर जेलर नष्ट भएको थियो । उनलाई शनिबार साँझ पक्राउ गरेर […]

केन्द्र विवाद मिलाउन जाजरकोटका जनप्रतिनिधि काठमाडौंमा

२२ पुस, जाजरकोट । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा उठेको विवादमा सहमति जुटाउन जनप्रतिनिधिको टोली अहिले काठमाडौं गएको छ । लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद भएका कारण जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाडौँ गएको हो । शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग जनप्रतिनिधिलेको टोलीले छलफल गरे पनि सहमति जुट्न सकेको थिएन […]

सल्यानको जंगलमा बेवारिसे फेला परेका युवकको अस्पतालमा मृत्यु

१९ पुस, खलंगा । सल्यानको जंगलमा बेवारिसे अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । यही पुस १५ गते साँझ करिब साढे ७ बजेतिर सल्यानको शारदा नगरपालिका वडा नं. १२ स्थित धारखानी जंगलमा अन्दाजी २५-२६ वर्षीय युवक अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीयबासीले उद्धार गरी खलंगा जिल्ला अस्पतालमा उपचारका लागि […]

माइनस नौ डिग्रीको चिसोमा प्रहरीको गस्ती

१८ पुस, हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ । आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले […]