+
+
Shares

नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी गरेको आरोपमा ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते २१:१३

६ साउन, सुर्खेत । नेटवर्किङ बिजनेसको आडमा करोडौ रुपैयाँ ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।

बेरोजगार युवाहरुलाई रोजगारीको प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा कम्पनीको कार्यालय स्थापना गरी बेरोजगार युवाहरुलाई सीप सिकाएर राम्रो तलब सुविधासहित रोजगारी दिलाउने भन्दै ठगी धन्दा चलाएका थिए ।

कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको प्रहरीको भनाइ छ ।

‎सदस्य बनेपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्य भित्र्याउन लगाइन्थ्यो ।‎ पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएबापत प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो ।

यी दुइ कम्पनीले विभिन्न प्रलोभन देखाएर पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक सायल गाउँपालिका–२ डोटीका २६ वर्षीय नरेश बोहरा, कम्पनीका व्यवस्थापक दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी तथा कर्मचारीहरू अछामका कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रवीन्द्र शाहीलाई पक्राउ गरेको हो ।

अन्य कर्मचारीहरू दोधाराचाँदनी नगरपालिका–२ कञ्चनपुरकी २२ वर्षीया मनीषा सिंह, बेल्डाकी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, सिगास गाउँपालिका–६ बैतडीकी २२ वर्षीया सुनिता साउँद र  बडिकेदार गाउँपालिका–४ डोटीकी २२ वर्षीया कमला चिमालालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरू सबैमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?