+
+
Shares

नेकपाका नरेश भण्डारीले गराए जुम्लामा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका उम्मेदवार नरेश भण्डारीले ६ माघमा जुम्ला जिल्ला अदालतमा प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन्।
  • भण्डारीले 'यो चुनावमा हामी अत्याधिक बहुमतका साथ विजयी हुन्छौं। जित पक्का छ, फरक कति मतले हुन्छ भन्ने मात्रै प्रश्न हो' भने।
  • उनीहरूले जुम्ला क्रान्तिकारी जिल्ला भएको उल्लेख गर्दै जनताको भरोसा र समर्थनले आफ्नो जित सुनिश्चित हुने बताए।

६ माघ, जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जुम्लामा उम्मेदवारी दर्ता गराएका छन्। भण्डारीले जिल्ला अदालत जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो १:३० बजे मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यसपटक जनताले विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो चुनावमा हामी अत्याधिक बहुमतका साथ विजयी हुन्छौं। जित पक्का छ, फरक कति मतले हुन्छ भन्ने मात्रै प्रश्न हो।’

साथै, उनले जुम्ला क्रान्तिकारी जिल्ला भएको उल्लेख गर्दै आफू र आफ्नो पार्टीको भूमिका यहाँको माटो र नागरिकलाई प्रष्ट रूपमा थाहा रहेको दाबी गरे।

उनले जनताको भरोसा र समर्थनले आफ्नो जित सुनिश्चित हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?